दफा ३
ऋण लिने अधिकार
(१) नेपाल सरकारले स्वीकृत विकास योजनाको लागि कुनै विदेशी सरकार वा एजेन्सीबाट आवश्यकता अनुसार जम्मा ऋणको कूल अङ्क सोह्र खर्ब रूपैयाँमा नबढ्ने गरी त्यतिसम्म अङ्कको प्रचलित विनिमय दरले हुने विदेशी मुद्रा समय समयमा ऋण लिन सक्नेछ ।
स्पष्टीकरणः विदेशी सरकार वा एजेन्सीसित भएको ऋण सम्झौताबमोजिमको रकममध्ये नेपाल सरकारले तिर्न बाँकी रहेको रकमलाई मात्र ऋण मानिनेछ ।
(२) उपदफा (१) बमोजिम लिएको ऋणको साँवा र ब्याज बापतको रकम सञ्चित कोष वा अन्य सरकारी कोष प्रति व्ययभार हुनेछ र त्यस्तो ऋणको साँवा वा ब्याज भुक्तान गर्ने अवधि ऋण दिने विदेशी सरकार वा एजेन्सीसंग भएको सम्झौतामा तोकिए बमोजिम हुनेछ ।