Preamble
प्रस्तावना
ः कानुनबमोजिम बाहेक नेपाल सरकारद्वारा कुनै ऋण लिइने र जमानत दिइने छैन भन्ने संवैधानिक व्यवस्था भएको, र नेपाल … को विकास कार्यको निमित्त सञ्चित कोष वा अन्य सरकारी कोष धितो राखी नेपाल सरकारले आवश्यकतानुसार समय समयमा ऋण लिन सक्ने र त्यस्तो कोषप्रति व्ययभार हुने गरी जमानत दिन सक्ने अधिकारको व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाई बक्सेको छ ।