दफा
कमिशन

(१) दफा ४ को उपदफा (१) बमोजिम दिइएको जमानत बापत नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा तोकेबमोजिमको दरमा कमिशन लिनेछ ।

(२) उपदफा (१) मा जेसुकै लेखिए तापनि नेपाल सरकारले सो उपदफा बमोजिमको कमिशन सम्पूर्ण वा आँशिक रूपमा नलिने गरी छुट दिन वा माफ गर्न सक्नेछ ।