दफा ४४
ऋणको फाँटवारी दाखिल गर्ने
(१) तोकिएको अधिकारीले तोकिए बमोजिम सूचना जारी गरी यो दफा प्रारम्भ हुँदा कसैको किसानसंग असुल गर्न बाँकी रहेको कृषि सम्बन्धी ऋणको सावाँ र व्याज फिर्ता गरी लिनुपर्ने गोरु र कृषिका अन्य साधनको तोकिए बमोजिमको फाँटवारी ऋण सम्बन्धी लिखत पत्रको नक्कल साथ राखी सो सूचना जारी भएको ३५ दिनभित्र आफू छेउ वा सम्बन्धित गाउँपालिका वा नगरपालिकामा दाखिल गर्न गराउन आदेश दिन सक्नेछ र यो उपदफा प्रारम्भ हुनु भन्दा अघि सम्बन्धित गाउँपालिका वा नगरपालिका मा दाखिल गरेको तोकिए बमोजिमको फाँटवारीलाई यसै उपदफा बमोजिम दाखिल गरेको मानिनेछ ।
तर–
(क) सम्बन्धित व्यक्तिको निवेदन परी वा अरू कुनै मुनासिव कारणले म्याद बढाउन पर्ने देखिएमा सो म्याद गुज्रेको मितिले ३५ दिनसम्मको थप म्याद तोकिएको अधिकारीले दिन सक्नेछ ।
(ख) कुनै सरकारी कर्मचारी वा विदेशमा गएको व्यक्तिले म्यादभित्र फाँटवारी दाखिल गर्न सकेको रहेनछ भने त्यस्तो व्यक्तिले म्याद बढाउन निवेदन दिएमा नेपाल सरकार वा तोकिएको अधिकारीले आवश्यक ठानेमा थप म्याद दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम फाँटवारी दाखिल गर्नु प्रत्येक साहूको कर्तव्य हुनेछ । तर त्यस्तो साहू नाबालक वा होश ठेगाना नभएको व्यक्ति भए निजको अभिभावक वा हकवालाले फाँटवारी दाखिल गर्नुपर्छ ।
स्पष्टीकरणः यो दफाको प्रयोजनको लागि कृषि सम्बन्धी ऋण भन्नाले लेन देनको लिखत जुनसुकै व्यहोराको वापत जनाएको भए तापनि किसानहरूलाई देहायमा लेखिएको कामको लागि दिइएको नगदी वा जिन्सी ऋण सम्झनुपर्छः–
(क) बीउ,
(ख) किसानलाई खानाको निमित्त दिएको नगदी वा जिन्सी ऋण,
(ग) खेति गर्न लगाइने मजदूरलाई मजदूरी दिन,
(घ) मलजल लगाउन,
(ङ) मालपोत, पानीपोत तिर्न,
(च) गोरु र कृषि औजार ।
(३) यस परिच्छेदको प्रयोजनको लागि कुनै ऋण कृषि सम्बन्धी ऋण हो, होइन भन्ने प्रश्न उठेमा तोकिएको अधिकारीले गाउँपालिका वा नगरपालिकाको प्रतिनिधि राखी आवश्यक देखेमा सरजमीन समेत गरी त्यसको निर्णय गर्नेछ ।