नियम २०
ऐनको दफा १४ को उपदफा ( १) अन्तर्गत फा“टवारी तयार गरी प्रकाशित गर्ने

(१) नियम १९ बमोजिम आवश्यक जा“चबुझ गरिसकेपछि जिल्ला भूमिसुधार अधिकारीले ऐनको दफा ७ मा तोकिएको अधिकतम हदभन्दा बढी जग्गा हुने प्रत्येक जग्गावालाको सम्बन्धमा अनुसूची–८ बमोजिमको ढा“चामा फा“टवारी तयार गरी आफ्नो कार्यालय वा स्थानीय जिल्ला विकास समितिको कार्यालयको सूचना बोर्डमा टा“सी प्रकाशित गर्नेछ ।
(२) जिल्ला भूमिसुधार अधिकारीले त्यसरी तयार गरी प्रकाशित गरेको प्रत्येक फा“टवारीको १ प्रतिलिपि नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा पनि पठाउनु पर्छ ।