नियम ११७ख
कर्मचारी सम्बन्ध समिति
(१) निजामती सेवालाई समय सापेक्ष सुधार गरी जनमुखी बनाउन, कर्मचारीको मनोवल अभिवृद्धि गर्न र
असल कार्य संस्कृतिको विकास गर्नको लागि आपसी छलफल विचार विमर्श गरी सुझाव दिन र समसामयिक विषयहरु कार्यान्वयन
गर्न देहायको समिति रहनेछ ः-
(क) सामान्य प्रशासन मन्त्री अध्यक्ष
(ख) मुख्य सचिव सदस्य
(ग) सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य
(घ) श्रम तथा रोजगार मन्त्रालयको सचिव सदस्य
(ङ) अर्थ मन्त्रालयका सचिव सदस्य
(च) आधिकारिक ट्रेड युनियनका अध्यक्ष र महासचिव सदस्य
(२) समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले बोलाउनेछ ।
(३) आधिकारिक ट्रेड युनियनको केन्द्रीय कार्य समितिको बहुमतले निर्णय गरी बैठक बोलाउनको लागि अध्यक्ष समक्ष लिखित
निवेदन दिएमा निवेदन प्राप्त भएको पन्ध्र दिनभित्र अध्यक्षले बैठक बोलाउन सक्नेछ ।
(४) समितिको कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।