दफा ५२
कर्मचारी सम्बन्धी व्यवस्था
: (१) कोषको काम प्रभावकारी रुपले सञ्चालन गर्नको लागि कोषमा आवश्यक संख्यामा कर्मचारी रहनेछन् ।
(२) कोषमा रहने कर्मचारीको नियुक्ति, पारिश्रमिक तथा सेवाका शर्त सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(३) कोषले आवश्यकता अनुसार अवधि तोकी विशेषज्ञ सेवा करारमा लिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम करारमा लिइएका विशेषज्ञको सेवाको शर्त, पारिश्रमिक र अन्य व्यवस्था करारमा उल्लेख भए बमोजिम हुनेछ ।
(५) समितिले निर्धारण गरेको आधार र शर्तमा स्वीकृत दरबन्दीको अधीनमा रही कर्मचारीहरू सेवा करारमा लिन सकिनेछ ।