दफा २७
कर्मचारी सम्बन्धी व्यवस्था
(१) केन्द्रको काम सुचारुरूपले सञ्चालन गर्न केन्द्रमा नेपाल सरकारद्वारा स्वीकृत सङ्गठन संरचना र दरबन्दी अनुसार आवश्यक सङ्ख्यामा कर्मचारी रहनेछन्‌।

(२) केन्द्रमा आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले उपलब्ध गराउनेछ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि केन्द्रले आफूलाई आवश्यक पर्ने प्राविधिक विशेषज्ञ कर्मचारी प्रचलित कानून बमोजिम करारमा नियुक्त गर्न सक्नेछ।