दफा ४९
कसूर तथा सजाय
(१) कुनै बन्दीले देहायको कसूर गरेमा देहाय बमोजिमको सजाय हुनेछः- (क) देहायको कसूर गरेमा दश वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजायः-

(१) कारागारको पर्खाल, झ्याल, ढोका फोरेमा, भत्काएमा, नष्ट गरेमा वा त्यसको उच्योग गरेमा वा कारागारबाट गोप्य रुपमा भाग्न सकिने कुनै मार्ग बनाएमा वा त्यसको उद्योग गरेमा,

(२) कारागारभित्र हुलदङ्गा गरेमा,

(३) बन्दी, कारागार कार्यालयका कर्मचारी वा आगन्तुकको शरीर बन्धक लिएमा, निजलाई आक्रमण गरेमा वा यातना दिएमा,

(४) कारागारभित्रको संरचना वा कुनै वस्तु नष्ट गर्ने उद्देश्यले आगजनी गरे वा गराएमा,

(५) कारागार तथा बन्दीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको हात हतियार खोसेमा वा निजलाई नियन्त्रणमा लिएमा।

(ख) कारागारबाट भागेमा वा भाग्ने उच्चोग गरेमा पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,

(ग) प्रचलित कानून बमोजिम सजाय पाई खुल्ला कारागार, सुधार गृह, पुनर्स्थापना केन्द्र, बाल सुधार गृह, प्रोवेशन वा प्यारोलमा रहेको व्यक्ति भागेमा पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,

(घ) देहायको कसूर गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायः-

(१) कुनै व्यक्तिउपर कुनै. किसिमले आपराधिक मनसायले बल प्रयोग गरेमा,

(२) कारागारको कुनै सम्पत्ति जानाजानी बिगारेमा वा नष्ट गरेमा,

(३) कारागारको अभिलेख वा कुनै मिसिल वा कागजात नष्ट गरेमा, बिगारेमा वा च्यातेमा,

(४) अनुमति. बिना हतकडी खोलेमा वा भाँचेमा,

(५)/ कारागारभित्र निषेध गरिएको कुनै चीज वा मालसामान लिएमा, राखेमा वा पठाएमा,

(६) कारखाना वा भान्साको कुनै वस्तु वा हतियार प्रयोग गरी क्षति पुच्याएमा,

(७) कारागारमा राखिएका सिसीटिभी, मेटालिक डिटेक्टर वा अन्य उपकरण नष्ट गरेमा वा सोको उच्योग गरेमा ।

(ङ) देहायको कसूर गरेमा दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय:- (१) कुनै व्यक्तिउपर अपमानजनक वा धम्कीपूर्ण भाषा प्रयोग गरेमा,

(२) अभद्र वा अनुशासनहीन काम गरेमा,

(३) यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप .कुनै काम कुरा गरेमा वा गराएमा ।

(च) कसैले कुनै बन्दीविरुद्ध यौन दुर्व्यवहार सम्बन्धी कसूर गरेमा प्रचलित कानून बमोजिम हुने सजायमा थप दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(२) कसैले कुनै बन्दीलाई-भगाएमा वा भगाउने उद्योग गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(३) कुनै कर्मचारी वा सुरक्षाकर्मीले जानी जानी वा लापरबाही गरी उपदफा -(१).वा (२) बमोजिमको काम हुन दिएमा त्यस्तो कर्मचारी वा सुरक्षाकर्मीलाई समेत सोही उपदफामा लेखिए बमोजिमको सजाय हुनेछ।

(४) दफा ३७. को उपदफा (२) बमोजिम जिम्मा जमानीमा छोडिएको बन्दी सो अवधिमा कारागारमा उपस्थित नभएमा त्यसरी जिम्मा जमानी लिने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।