दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) “अदालत” भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालत सम्झनु पर्छ र सो शब्दले कुनै खास किसिमका फौजदारी मुद्दाको कारबाही र किनारा गर्न कानून बमोजिम अधिकार प्राप्त अदालत, अन्य न्यायिक निकाय वा अधिकारी समेतलाई जनाउँछ।

(ख) “कारागार” भन्नाले बन्दीलाई थुना वा कैदमा राखका लागि बनाएको वा सोको लागि प्रयोग भएको घर, कोठा ८वा- त्यस्तै प्रकारको अन्य कुनै ठाउँ सम्झनु पर्छः र.सो शब्दले त्यस्तो घर, कोठा वा ठाउँको परिसर र त्यसको पर्खाल समेतलाई जनाउँछ।

(ग) “कारागार कार्यालय” भन्नाले कारागारको व्यवस्थापन र सञ्चालन गर्ने प्रशासकीय कार्यालय सम्झनु पर्छ।

(घ)- “कारागार प्रशासक” भन्नाले यस ऐन बमोजिम कारागारको व्यवस्थापन र सञ्चालन गर्नको लागि कारागार कार्यालयको प्रमुखको रुपमा खटाइएको अधिकृत कर्मचारी सम्झनु पर्छ। (ङ) “कैदी” भन्नाले अदालतको फैसला बमोजिम सजाय पाई कारागारमा रहेको व्यक्ति सम्झनु पर्छ।

(च) "खुला कारागार" भन्नाले कैदीले तोकिएको समयमा आफूलाई राखिएको ठाउँभन्दा बाहिर समेत गई कुनै काम गर्न पाउने गरी नेपाल सरकारले तोकेको कुनै ठाउँ सम्झनु पर्छ।

(छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

(ज) “थुनुवा” भन्नाले _ कुनै. कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक हिरासतमा रहेको व्यक्ति सम्झनु पर्छ र सो शब्दले प्रचलित कानून बमोजिम थुनामा रहेको व्यक्ति समेतलाई जनाउँछ।

(झ) “नाबालक” भन्नाले अठार वर्ष उमेर पूरा नभएको बालबालिका सम्झनु पर्छ।

(नज) "प्रदेश कारागार" भन्नाले प्रदेश सरकार मातहत सञ्चालन र व्यवस्थापन हुने कारागार सम्झनु पर्छ।

(ट) “बन्दी” भन्नाले कैदी वा थुनुवा सम्झनु पर्छ।

(ठ) “बन्दी अभिलेख किताब” भन्नाले दफा १३ बमोजिम खडा गरिएको बन्दी अभिलेख दर्ता किताब सम्झनु पर्छ।

(ड) - “मन्त्रालय” भन्नाले नेपाल सरकारको गृह मन्त्रालय सम्झनु पर्छ। (ढ) “बिभाग” भन्नाले मन्त्रालय अन्तर्गतको कारागार व्यवस्थापन विभाग सम्झनु पर्छ।

(ण) "विशेष कारागार" भन्नाले दफा ४०. बमोजिमको विशेष कारागार सम्झनु पर्छ।

(त) "विशेष सुरक्षा कक्ष” भन्नाले कारागारभित्र सुरक्षाको दृष्टिकोणले संवेदनशील प्रकृतिका _ बन्दीलाई राख बनाइएको विशेष प्रकारको सुरक्षित स्थान सम्झनु पर्छ।

(थ) "सङ्घीय कारागार" भन्नाले नेपाल सरकार मातहत सञ्चालन र व्यवस्थापन हुने कारागार सम्झनु पर्छ।