दफा ३२
Na
(१) कुनै बन्दीको मृत्यु भएमा सरकारी चिकित्सकले निजको मृत्युको कारण खुलाई मृत्युको प्रमाणपत्र दिनु पर्नेछ।
(२) कुनै बन्दीको ,मृत्यु भएकोमा सम्बन्धित चिकित्सकबाट मृत्युको यकिन भएपछि कारागार प्रशासकले निजलाई जुन अदालतको फैसला वा आदेश बमोजिम कैद भएको हो सो अदालतलाई र त्यस्तो मृतकको परिवारका सदस्य वा आफन्तलाई तोकिए बमोजिम जानकारी दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम परिवारका सदस्य वा आफन्त वा सम्पर्क: व्यक्तिलाई जानकारी दिँदा टेलिफोन वा विद्युतीय माध्यमबाट समेत दिन सकिनेछ।
(४) उपदफा (२) वा (३) बमोजिम जानकारी दिन नसकिएमा वा विदेशी बन्दीको मृत्यु भएकोमा सोको जानकारी दिने प्रयोजनको लागि राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्न सकिनेछ। (५) उपदफा (१) बमोजिम मृत्यु भएको बन्दीको मृत शरीर निजको परिवारको सदस्य वा आफन्त वा सम्पर्क व्यक्तिले उपदफा (२), (३) वा (४) बमोजिम जानकारी प्राप्त गरेको वा सूचना प्रकाशन भएको मितिले बाटोको म्याद बाहेक पन्ध्र दिनभित्र जिम्मा लिनु पर्नेछ।
(६) उपदफा (५) बमोजिम त्यस्तो बन्दीको मृत शरीर निजको परिवारका सदस्य वा आफन्तले जिम्मा नलिएमा वा जिम्मा लिने आफन्त नभएमा कारागार प्रशासकले सरकारी खर्चमा परम्परा अनुसार सद्गत गराउनु पर्नेछ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (६) बमोजिमको बन्दीको मृत शरीर अध्ययन अनुसन्धानको लागि कुनै शैक्षिक संस्थालाई तोकिए बमोजिम उपलब्ध गराउन सकिनेछ।
(८) उपदफा (१); बमोजिम मृत्यु भएको बन्दीको सद्गत गर्ने परिवार वा आफन्तलाई कारागार प्रशासकले तोकिए बमोजिम सद्गत खर्च उपलव्ध गराउन सक्नेछ।