दफा १८८
कारबाही नगरिने
(१) यस संहिता बमोजिम सरकारी वकिलले कुनै मुद्दाको सन्दर्भमा असल नियतले गरेको निर्णय, अभियोजन, बहस पैरबी एवं प्रतिरक्षा सम्बन्धमा प्रश्न उठाइने र कुनै अदालतमा मुद्दा चलाइने छैन ।
(२) अनुसूची–१ र अनुसूची–२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको अनुसन्धानको सम्बन्धमा अनुसन्धान अधिकारीले असल नियतले गरेको काम कारबाही उपर कुनै कारबाही हुन सक्ने छैन ।