दफा २६
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) प्रत्यायन सम्बन्धी निर्देशिका, कार्यविधि तथा मापदण्ड तयार गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने,
(ख) समितिबाट भएका निर्णय, स्वीकृत योजना, कार्यक्रम तथा बजेट कार्यान्वयन गर्ने, गराउने,
(ग) केन्द्रको वार्षिक योजना, कार्यक्रम तथा बजेट तयार गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने, (घ) कोषको रेखदेख र नियन्त्रण तथा केन्द्रको चल,
अचल सम्पत्तिको स्याहार, सम्भार गर्ने,
(ङ) केन्द्र र समितिबीच सम्पर्क अधिकारीको रूपमा
कार्य गर्ने,
(च) यो ऐन वा यस ऐन अन्तर्गत: बनेको नियमको
अधीनमा रही प्रत्यायन प्रमाणपत्र जारी, निलम्बन वा खारेज गर्ने, र
(छ) तोकिए बमोजिमका अन्य कार्य गर्ने।