दफा २३
कार्यकारी निर्देशकको नियुक्ति
(१) केन्द्रको प्रशासकीय प्रमुखको रूपमा कामकाज गर्न एक कार्यकारी निर्देशक रहनेछ।

(२) कार्यकारी निर्देशकको पदमा नियुक्तिको लागि उम्मेदवार सिफारिस गर्न नेपाल सरकारले मन्त्रालयको सहसचिवको संयोजकत्वमा लोक सेवा आयोगको प्रतिनिधि र सम्बन्धित विषयको एकजना विज्ञ समेत रहेको तीन सदस्यीय सिफारिस समिति गठन गर्नेछ।

(३) उपदफा (२) बमोजिम गठित समितिले विज्ञान तथा प्रविधि, इन्जिनियरिङ वा चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र गुणस्तर निर्धारण वा प्रमाणीकरण, अंशङ्कन, प्रयोगशाला विश्लेषण, निरीक्षण, प्रवीणता परीक्षण, प्रमाणित सन्दर्भ सामग्री उत्पादन, गुणस्तर व्यवस्थापन वा प्रत्यायन जस्ता गुणस्तर पूर्वाधारको क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएका र तीस वर्ष उमेर पूरा भएका नेपाली नागरिकमध्येबाट कार्यकारी निर्देशकको पदमा नियुक्तिको, लागि तीनजना उम्मेदवारको सिफारिस गर्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिम सिफारिस भएका उम्मेदवारमध्येबाट नेपाल सरकारले उपयुक्त उम्मेदवारलाई कार्यकारी निर्देशकको पदमा नियुक्त गर्नेछ।

(५) उपदफा (४) बमोजिम नियुक्त कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ।

(६).उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकले इमान्दारीपूर्वक पदीय जिम्मेवारी पूरा नगरेमा, केन्द्रको हित वा उद्देश्य विपरीत हुने गरी काम गरेमा वा निजमा खराब आचरण देखिएमा नेपाल सरकारले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।

तर त्यसरी पदबाट हटाउनु अघि सफाइ पेश गर्ने:मनासिब मौका दिनु पर्नेछ।

(७) उपदफा (४) बमोजिम कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मको लागि नेपाल सरकारले उपदफा (३) बमोजिमको योग्यता पुगेको सङ्घीय निजामती सेवाको कम्तीमा राजपत्राड्गित द्वितीय श्रेणीको कुनै अधिकृतलाई कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी तोक्न सक्नेछ।