दफा २०
कार्यक्रम पेश गर्ने
(१) समितिले आफ्नो आर्थिक बर्ष शुरु हुनुभन्दा कमसेकम तीन महीना अगाडि
संस्थाले आगामी आर्थिक बर्षमा गरिने कार्य सञ्चालन सम्बन्धी कार्यक्रम, विकास कार्यको आय–
व्ययकोविवरण अरु काम कुराहरुको विवरण, पूँजी लगानी र कर्मचारीहरुको थप मद्दत चाहिने भए त्यसको विवरण सहित आर्थिक लगत प्रस्तावित गरी साधारण सभामा स्वीकृतिको निमित्त पेश गर्नु
पर्नेछ ।
(२) कुनै आर्थिक बर्षमा संस्थानले उपदफा (१) अन्तर्गत पहिले नै पेश भई सकेको
कार्यक्रममा उल्लिखित कुराहरुको अतिरिक्त अरु कुनै विशेष कार्य गर्न चाहेमा र त्यसले गर्दा
प्रस्तावित आर्थिक लगतमा ठोस अदल बदल ल्याउने संभावना भएमा संस्थानले त्यस्तो काम
कुराहरु पूरक कार्यक्रम र त्यस सम्बन्धमा उक्त आर्थिक सालको बाँकी रहन आएको समयमा
बेहोर्ने खर्च र प्राप्त गर्ने रकमको पूरक लगत साधारण सभामा स्वीकृतिको निमित्त पेश गर्नु पर्नेछ ।
(३) साधारण सभाको व्यवस्था नभएसम्म समितिले उपदफा (१) र (२) बमोजिमको लगत
नेपाल सरकार छेउ पेश गर्नु पर्दछ ।