नियम २०
कार्यबाहक बढुवा
(१) सैनिक प्राविधिक सेवाका बढुवाको लागि सम्भाव्य उम्मेदवार भएका र अधिकृत पदमा देहाय बमोजिमको सेवा अवधि पूरा गरेका सहसेनानीदेखि सहायक रथीसम्मका अधिकृतलाई एक तह माथिको पद रिक्त रहेको अवस्थामा बढुवा समितिको सिफारिसमा आवश्यकता अनुसार नियम १८ बमोजिमको अधिकारीले कार्यवाहक बढुवा गर्न सक्नेछ- बढुवा हुने पद अधिकृत सेवा अवधि सेनानी छवर्ष प्रमुख सेनानी बाह्र बर्ष महासेनानी सोह्र वर्ष सहायक रथी उन्नाइस वर्ष उपरथी बीस वर्ष (२) उपनियम (१) बमोजिम बढुवा गर्दा ज्येष्ठतालाई प्राथमिकता दिनुपर्नेछ । (३) उपनियम (१) बमोजिम कार्यवाहक बढुवा भएको अधिकृतले कार्यवाहक पाएको पदको तलब र दर्ज्यानी चिन्ह लगाउन पाउनेछ । (४) कार्यवाहक बढुवा हुने अधिकृतले कार्यवाहक अवधिभरको तलबबृद्धि (ग्रेड) पाउने छैन ।