दफा ५०
कार्यसम्पादन सम्झौता गर्नु पर्ने
: (१) मन्त्रालयले दफा ४९ बमोजिम नियुक्त हुने प्रमुख कार्यकारी अधिकृतसँग कार्यसम्पादन सम्झौता गर्नु  पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कार्यसम्पादन सम्झौता गर्दा उक्त सम्झौतामा प्रमुख कार्यकारी अधिकृतले सम्पादन गर्नु पर्ने कार्य, सोको कार्ययोजना तथा सम्पादन हुने कामको अनुगमन तथा मूल्याङ्कन गर्ने सूचक सम्बन्धी व्यवस्था उल्लेख गर्नु पर्नेछ ।
(३) प्रमुख कार्यकारी अधिकृतले कार्यसम्पादन सम्झौता बमोजिमको प्रतिवेदन प्रत्येक छ महिना समाप्त भएको अर्को महिनाको पन्ध्र गतेभित्र समिति समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम प्राप्त प्रतिवेदनका सम्बन्धमा समितिले आवश्यकता अनुसार उपसमिति गठन गरी पन्ध्र दिनभित्र मूल्याङ्कन गर्नेछ ।
(५) उपदफा (४) बमोजिम गरिएको मूल्याङ्कनको प्रतिवेदन समितिले सात दिनभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।