नियम ४६
कूत बुझाउने समय
ऐनको दफा ३६ को उपदफा (१) बमोजिम मोहीले बुझाउनु पर्ने कूत जग्गावालालाई देहाय बमोजिमको जग्गाको सम्बन्धमा देहाय बमोजिमको समय भित्र बुझाइसक्नु पर्छ ः–
(क) वर्षे बाली मुख्य वार्षिक उब्जनी हुने तराई र भित्री मधेशको जग्गाको सम्बन्धमा माघ मसान्तसम्म ।
(ख) वर्षे बाली मुख्य वार्षिक उब्जनी हुने काठमाडौं उपत्यका र पहाडको जग्गाको सम्बन्धमा पौष मसान्तसम्म ।
(ग) हिउ“दे बाली नै मुख्य वार्षिक उब्जनी हुने जग्गाको सम्बन्धमा जेष्ठ मसान्तसम्म ।