दफा ६३
कोष विघटन गर्न सक्ने
: (१) नेपाल सरकारले यस ऐन बमोजिम सुरक्षण भएको निक्षेप वा कर्जाको दाबी भुक्तानी गर्न कोष असमर्थ भएमा कोषको विघटन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कोष विघटन गरेमा कोषको सम्पत्ति तथा दायित्वको जिम्मेवारी नेपाल सरकारको हुनेछ ।