दफा ७
कोषको काम, कर्तव्य र अधिकार
: यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त कोषको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) सुरक्षित सदस्य संस्था र सदस्य संस्थाको निक्षेप सुरक्षण गर्ने र निक्षेपकर्तालाई शोधभर्ना दिने,
(ख) सुरक्षित सदस्य संस्था र सदस्य संस्थाबाट साना तथा मझौलास्तरका कृषि, उद्योग, सेवा व्यवसाय आदि क्षेत्रमा प्रवाह गरेको कर्जाको सुरक्षण गर्ने,
(ग) सुरक्षित सदस्य संस्था र सदस्य संस्थाहरुले लघु वित्त र पशुधनको क्षेत्रमा गरेको लगानीको सुरक्षण गर्ने,
(घ) सुरक्षित सदस्य संस्थाले प्रदान गरेको निर्यात कर्जाहरूको सुरक्षण गर्ने, र
(ङ) कोषको उद्देश्य प्राप्त गर्न आवश्यक अन्य कार्य गर्ने ।