दफा ४८
खेलकुद पूर्वाधार निर्माण
(१) तोकिए बमोजिमका ठूला तथा राष्ट्रिय स्तरका खेलकुद पूर्वाधारको निर्माण एवं मर्मत सम्भार मन्त्रालय आफैँले गर्न वा परिषद्‌ मार्फत्‌ गराउन सक्नेछ ।

(२) प्रदेश स्तरीय पूर्वाधारहरुको निर्माण प्रदेशबाट र स्थानीयस्तरका पूर्वाधारहरुको निर्माण स्थानीय तहबाट गरिनेछ ।

(३) खेलकुद पूर्वाधार निर्माण, विकास तथा प्रतियोगिता सञ्चालन गर्न आवश्यकता अनुसार निजी क्षेत्र, गैरसरकारी, सहकारी र सामुदायिक संघ, संस्थासँग साझेदारी गर्न सकिनेछ ।

(४) खेलकुद पूर्वाधार निर्माण विकास तथा प्रतियोगिता सञ्चालन गर्न प्रचलित कानून बमोजिम अन्तर्राष्ट्रिय लगानीलाई अनुमति एवं प्रोत्साहन दिन सकिनेछ ।

(५) निजी क्षेत्र, गैरसरकारी, सहकारी र सामुदायिक संघ, संस्थाले निर्माण तथा सञ्चालन गर्ने पूर्वाधारहरुको मापदण्ड परिषद्को सिफारिसमा मन्त्रालयले तोक्न सक्नेछ ।

(६) खेलकुद क्षेत्रमा सार्वजनिक निजी क्षेत्र, गैरसरकारी, सहकारी र सामुदायिक संघ, संस्थासँगको साझेदारी तथा लगानी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।