दफा १६
चेक भुक्तानी दिने बैङ्कको दायित्व
ड्रअरको पर्याप्त निक्षेप भएको अवस्थामा प्रस्तुत भएको चेक रीतपूर्वकको छ भने त्यस्तो चेकको भुक्तानी बैङ्कले दिनुपर्नेछ । त्यस्तो चेकको भुक्तानी नदिएबाट ड्रअर वा रीतपूर्वकको नै धारकलार्ई कुनै हानी नोक्सानी भएमा बैङ्कले त्यसको क्षतिपूर्ति समेत यो ऐनबमोजिम दिनुपर्नेछ ।