दफा ६२
छापा वा विद्युतीय सञ्चार माध्यमबाट समाह्वान तामेल गर्न सकिने
(१) कुनैै समाह्वान दफा ६१ बमोजिम तामेल गर्न नसकिएकोमा अदालतले त्यस्तो समाह्वानको व्यहोरा नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय स्तरको कुनै दैनिक समाचारपत्रमा प्रकाशन गरी वा विद्युतीय सञ्चार माध्यमबाट प्रसारण गरी तामेली गर्न सक्नेछ ।
(२) उपदफा (१) बमाोजिम समाह्वान प्रकाशन वा प्रसारण भएकोमा त्यस्तो समाह्वान रीतपूर्वक तामेल भएको मानिनेछ ।