नियम ११
छुट मतदाता परिचयपत्र लिने विधि
ः (१) मतदाता नामावलीमा नाम समावेश
भएको तर यस नियमावली बमोजिम मतदाता परिचयपत्र वितरण गरेको समयमा
अनुपस्थित रहेको मतदाताले मतदाता परिचयपत्र लिनको लागि निजको एकाघरको
परिवारको सदस्यले वा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाका सदस्य वा
गाउँ विकास समितिको सचिव वा नगरपालिकाको वडा सचिवले गरेको सिफारिश वा
ऐनको दफा २९ बमोजिमको प्रमाण संलग्न गरी प्रमुख परिचयपत्र वितरण अधिकारी
समक्ष फाराम नं. ४ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिने मतदाताको नाम मतदाता
नामावलीमा दर्ता भएकोे देखिएमा प्रमुख परिचयपत्र वितरण अधिकारीले फाराम नं. १
बमोजिमको ढाँचामा मतदाता परिचयपत्र तयार गरी आयोगले तोकेको समयावधि
भित्र मतदाता परिचयपत्र दिनेछ ।