नियम ४१द
जग्गा उपलब्ध नगराइनेः
(१) कुनै व्यक्ति वा संस्थाको नाममा दर्ता कायम रहेको जग्गामा बसोबास गरेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी बा अव्यवस्थित बसोबासीलाई त्यस्तो व्यक्ति वा संस्थाको जग्गा उपलब्ध गराइने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम बसोबास व्यवस्थापन गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित संस्थाको जग्गामा बसोबास वा आवाद कमोत गरेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी वा अव्यवस्थित बसोबासी समेतको एकीकृत र समन्वयात्मक ढङ्गले व्यवस्थापन गर्न उपयुक्त हुने देखिएमा त्यस्तो संस्थाको - सम्बन्धित कानून र यी नियमहरुको अधीनमा रही आयोग र सम्बन्धित संस्थाको सहमतिमा नियम ४१ख. वा ४१ग,. मा उल्लिखित क्षेत्रफलमा . नबढ्ने गरी त्यस्तो संस्थाको जग्गाबाट यी नियमहरु बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी वा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न सकिनेछ।
(३) उपनियम (२) बमोजिम जग्गा प्रा गर्ने भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई आयोगले नियम ४१ख. बमोजिम जग्गा उपलब्ध गराउने छैन ।