नियम
जग्गा धनीले जग्गाको स्वामित्व छोड्न सक्ने –
(१) ऐनको दफा ६ र नियम ५ बमोजिम भू–उपयोगिता प्रणाली अपनाई खेती गर्नु पर्ने भनी तोकिदिएको निजी स्वामित्वको जग्गा सम्बन्धित जग्गाधनीले मुआव्जा लिई आफ्नो स्वामित्व नेपाल सरकारलाई छोड्न सक्नेछ । त्यसरी
आफ्नो स्वामित्व छोड्न चाहने जग्गाधनीले मुआव्जा निर्धारणको निमित्त सम्बन्धित जग्गाको क्षेत्रफल, सिमाना र त्यस्तो जग्गामा स्वामित्व भएको प्रमाण पत्र समेत संलग्न गरी जलाधार संरक्षण अधिकृत समक्ष निवेदन दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि जलाधार संरक्षण अधिकृतले प्रचलित दरभाउलाई ध्यानमा राखी जग्गाको मुआव्जा निर्धारण गरी जग्गाको मुआव्जा निकासाको लागि विभागमा लेखि पठाउनु पर्नेछ । (३) उपनियम (२) बमेजिम निकासाको लागि लेखी आएपछि विभागले आवश्यक देखेमा पुन जा“चबुझ गराई यथाशीघ्र निकासा दिनु पर्नेछ ।