नियम
जनसेवाश्री मानपदवी
(१) राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पु¥याउने विदेशी नागरिकलाई जनसेवाश्रीे मानपदवी प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको मानपदवीको श्रेणी विभाजन देहायबमोजिम हुनेछः–
(क) प्रथम श्रेणी – सुप्रसिद्ध प्रबल जनसेवा श्री ।
(ख) द्वितीय श्रेणी – प्रसिद्ध प्रबल जनसेवा श्री ।
(ग) तृतीय श्रेणी – सुप्रबल जनसेवा श्री ।
(घ) चतुर्थ श्रेणी – प्रबल जनसेवा श्री ।
(ङ) पञ्चम श्रेणी – जनसेवा श्री ।
(३) उपनियम (१) बमोजिमको मानपदवीको मण्डन, प्रालम्बिका एवं पट्टिकाको विवरण र नाप परिशिष्ट एक अनुसूची–४ मा उल्लेख भए बमोजिम हुनेछ ।