दफा
जिमिदारी सम्बन्धी कागजपत्र
(१) जिमिदारीको कागजपत्र जिम्मा भएको व्यक्तिले सो कागजपत्र तोकिएको अड्डा वा अधिकारीबाट आदेश भएका बखत निज छेउ बुझाउनु पर्छ ।
(२) उपदफा (१) बमोजिम कागजपत्र बुझाई नसकेकोमा त्यस्तो अड्डा वा अधिकारीले भूमि सम्बन्धी काममा सो कागजपत्र हेर्न चाहेका बखत निजलाई देखाई काम सकिएपछि फिर्ता लिई आफ्नोे जिम्मामा सुरक्षित राख्नुपर्छ ।