दफा २४ख
ज्येष्ठताको मूल्यांकन
निजामती कर्मचारीलाई ज्येष्ठताबापतको अंक प्रदान गर्दा हाल बहाल रहेको देहायबमोजिमको श्रेणीमा काम गरेबापत देहायको दरले बढीमा तीस अंक प्रदान गरिनेछ
(क) राजपत्र अनंकित तृतीय र द्वितीय श्रेणीका पदमा काम गरेबापत प्रत्येक वर्षको अंक ३.७५ को दरले,
(ख) राजपत्र अनंकित प्रथम श्रेणीको पदमा काम गरेबापत प्रत्येक वर्षको अंक ३ को दरले,
(ग) राजपत्रांकित तृतीय र द्वितीय श्रेणीको पदमा काम गरेबापत प्रत्येक वर्षको अंक २.५ को दरले ।
तर,
(१) ज्येष्ठताबापत अंक गणना गर्दा एक वर्षभन्दा बढी चानचुन महिना वा दिनको लागि दामासाहीको हिसाबले अंक दिइनेछ ।
(२) यस दफाको प्रयोजनको लागि गयल भएको वा असाधारण बिदामा बसेको अवधिको अंक दिइने छैन ।