नियम ६०
तलब भत्ता
: (१) सशस्त्र प्रहरी कर्मचारीले आफ्नो पदमा बहाल भएको मितिदेखिको तलब भत्ता र रासन पाउनेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारीले सशस्त्र प्रहरी सेवामा रही काम गरे बापत पाउने तलब भत्ता नेपाल सरकारले समय समयमा तोकिदिए बमोजिम हुनेछ ।
(३) प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले एक वर्षको सेवा पूरा गरेपछि नेपाल सरकारले तोकिदिए बमोजिमको तलबबृद्धि पाउनेछ ।
(४) माथिल्लो तलबमानको कुनै पदमा बढुवा पाउने सशस्त्र प्रहरी कर्मचारीले बढुवा भएको पदको सुरु तलब स्केल पाउनेछ ।
तर निजले हाल पाईरहेको तलब उक्त माथिल्लो तलबमानको न्यूनतम तलब बराबर वा सो भन्दा बढी भएमा माथिल्लो तलबमानमा निजको तलब तोक्दा देहाय बमोजिम गरी तोकिनेछः–
(क)   निजले हाल पाइरहेको तलब माथिल्लो तलबमानको सुरु तलब बराबर मात्र भएमा सो तलबमा एक तलब बृद्धि थप गरी, र
(ख)   साविक पदमा पाइरहेको तलब बढुवा भएको पदको सुरु तलब भन्दा बढी भएमा माथिल्लो पदको तलब तोक्दा हाल पाइआएको तलबमा नपुगसम्मको तलब बृद्धि थप गरी माथिल्लो पदको एक तलब बृद्धि समेत दिइनेछ ।