दफा ८४
तारिख तोक्दा पक्षहरुलाई सुविधा हुने किसिमले तोक्नु पर्ने
(१) मुद्दामा कुनै प्रयोजनको लागि तारिख तोक्दा यथासम्भव मुद्दाका पक्षहरुको सुविधा र तोकिएको काम हुन सक्ने वा नसक्ने कुरालाई विचार गरी तोक्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तारिख तोक्दा मुद्दाको कारबाहीको सम्बन्धमा तोकिएको कार्यतालिका अनुसार तोक्नु पर्नेछ ।