दफा १६
दर्ता किताबमा नाम दर्ता गराउन दरखास्त दिने
(१) तोकिए बमोजिमको न्यूनतम योग्यता प्राप्त गरेका स्वास्थ्य व्यवसाय गर्न चाहने स्वास्थ्य व्यवसायीले यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमको अधीनमा रही दर्ता किताबमा नाम दर्ता गराउन परिषद्मा तोकिए बमोजिम दरखास्त दिनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ भएका बखत स्वास्थ्य व्यवसाय गरिरहेका स्वास्थ्य व्यवसायीहरूले दर्ता किताबमा नाम दर्ता गराउन यो ऐन प्रारम्भ भएको मितिले ६ महिनाभित्र उपदफा(१) बमोजिम दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा(१) वा (२) बमोजिम नाम दर्ता गराउन दरखास्त दिने स्वास्थ्य व्यवसायीले दरखास्त साथ आफ्नो योग्यता सम्बन्धी प्रमाणपत्र, सिफारिसपत्र, उपाधि र तोकिए बमोजिमको दस्तुर संलग्न गर्नु पर्नेछ ।