नियम १३६
नगदी चलानी भरपाई
कुनै व्यक्तिले अदालतमा नगद रूपैयाँ बुझाउन वा धरौटी राख्नुपर्ने भएमा अनुसूची-१२ बमोजिमको ढाँचामा तीनप्रति चलानीसहित सो रकम लगत नगदी शाखाको शाखा प्रमुखछेउ दाखिल गर्नुपर्छ। चलानी रीतपूर्वकको देखिए शाखा प्रमुखले त्यसमा निस्सा लगाई सो दाखिल गर्न ल्याउने व्यक्तिलाई नगदी शाखामा पठाई दिनुपर्छ। नगदी शाखाले पनि नगद बुझी लिई वा अवस्थानुसार धरौटी आम्दानी बाँधी चलानीका सबै प्रतिहरूमा सही गरी सो चलानी शाखा प्रमुख छेउ पठाउनुपर्छ र शाखा प्रमुखले एक प्रति चलानी नगद दाखिल गर्ने व्यक्तिलाई दिई दोस्रो प्रति चलानी सम्बन्धित शाखामा सम्बन्धित मिसिलमा सामेल राख पठाउनु पर्छ। तेस्रो प्रति चलानी सिलसिला नम्बरका साथ फाइलमा राख्नु पर्छ।