दफा २९
निक्षेप सुरक्षण सम्बन्धी दायित्व
: (१) सुरक्षित निक्षेपकर्ताको दफा १९ को उपदफा (१) र (२) बमोजिम निर्धारित सीमासम्मको निक्षेप रकम सुरक्षण गरी शोधभर्ना दिने दायित्व कोषको हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा २० बमोजिम सुरक्षित भएको नमानिने निक्षेपका सम्बन्धमा कोषको कुनै दायित्व हुने छैन ।