नियम ११६ख
निजामती सेवा दिवस
(१) प्रत्येक वर्षको भाद्र बाईस गते निजामती सेवा दिवस मनाइनेछ ।
(२) निजामती सेवा दिवस मनाउनको लागि नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा निजामती सेवा दिवस समारोह
समितिको गठन गरिनेछ ।
(३) उपनियम (२) बमोजिम गठन गरिने समितिको सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहनेछ ।