नियम १४२
निरीक्षण गर्दा विचार गर्नु पर्ने कुरा
नियम १४१ अन्तर्गत मातहतको अदालत निरीक्षण गर्ने न्यायाधीशले ऐनको दफा २१ मा उल्लेख भएको कुराहरूका अतिरिक्त ७फरक मुद्दा व्यवस्थापनको कार्यान्वयन र मुद्दामा कार्यतालिका अनुसारको काम भए नभएको, सर्वोच्च अदालतबाट निरीक्षण सम्बन्धी निर्देशिका वा निर्देशन जारी भएकोमा त्यसमा उल्लेख भए अनुसारका कुराहरूको समेत पालना गरी निरीक्षण गर्नु पर्नेछ।