नियम १०
निर्दोष तेस्रो पक्षको हित संरक्षण
(१) ऐनको परिच्छेद–६ख. बमोजिम सम्पत्ति वा कोष रोक्का हुन गई आफ्नो हकहितमा असर पर्ने निर्दोष तेस्रो पक्षले अनुसूची–४ बमोजिमको ढाँचामा सम्पत्ति वा कोष फुकुवाको लागि मन्त्रालयमा निवेदन दिन सक्नेछ । तर ऐनको दफा २९ङ. बमोजिमको सूचीस“ग सम्बन्धित भई सम्पत्ति वा कोष रोक्का भएको निर्दोष तेस्रो पक्षले त्यस्तो निवेदन परराष्ट्र मन्त्रालय मार्फत मन्त्रालयमा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा आवश्यक कागजात तथा प्रमाण समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम पर्न आएको निवेदन उपर आवश्यक जाँचबुझ गर्दा त्यस्तो सम्पत्ति वा कोष प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सूचीकृत व्यक्ति, समूह वा संगठनको हक भोग वा नियन्त्रणमा रहेको नदेखिई निवेदनको व्यहोरा मनासिब देखिएमा मन्त्रालयले निर्दोष तेस्रो पक्षको हकहित रहेको हदसम्मको सम्पत्ति वा कोष फुकुवा गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम निर्दोष तेस्रो पक्षको हकहित रहेको सम्पत्ति वा कोष फुकुवा हुने भएमा मन्त्रालयले सम्बन्धित निकायलाई फुकुवाको आदेश दिई सो को सूचना आफ्नो वेबसाइटमा समेत तत्काल प्रकाशन गर्नु पर्नेछ ।