नियम ४१ज
निवेदन दिनुपर्ने
(1) नियम ४१छ. बमोजिम प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लिखित विवरण सहित भूमिहीन दलित, भूमिहीन सुकुम्बासी वा अव्यवस्थित बसोबासीले बसोबास गरेको वा आवाद कमोत गरेको जग्गा रहेको सम्बन्धित स्थानीय तहमा निवेदन पेश गर्नु पर्नेछ। (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले तोकेको ढाँचामा स्थानीय तहले सङ्कलन गरेको विवरणमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले सहिछाप गरी व्यहोरा प्रमाणित गरेमा छुट्टै त्यस्तो निवेदन दिनु-पर्ने छैन । (३) अव्यवस्थित बसोबासीले आफूलाई उपलब्ध गराउन माग गरेको जग्गामा निजले दश वर्ष अघिबाट आवाद कमोत गरी आएको हो भनी प्रमाणित गरेको सम्बन्धित गाउँ वा नगर कार्यपालिकाको निर्णय बमोजिमको सिफारिस समेत पेश गरेको हुनु पर्नेछ । (४) उपनियम (३) बमोजिम गाउँ वा नगर कार्यपालिकाले सिफारिस गर्ने प्रयोजनको लागि त्यस्तो अव्यवस्थित बसोबासीले सो जग्गामा दश वर्ष अघिबाट आवाद कमोत गरेको. हो वा होइन भन्ने सम्बन्धमा यकीन गर्न आवश्यकता अनुसार हवाई फोटो वा भू“ उपग्रह तस्वीर वा अन्य प्रमाणित अभिलेखको समेत आधार लिन सक्नेछ ।