४. नीति
४.१. हवाई सेवा सम्झौता
४.१.१ विद्यमान उदार आकास नीतिलाई निरन्तरता दिदैं क्रमशः खुल्ला आकास नीति अवलम्ब गरिनेछ ।
४.१.२ पर्यटन प्रबद्र्धनको प्रचुर सम्भावना भएका मुलुकहरूसँग समानता र पारस्परिकताको आधारमा नेपाललाई अधिकतम फाईदा हुने गरी द्विपक्षीय तथा बहुपक्षीय हवाई सम्झौता गर्न पहल गरिनेछ ।
४.१.३ नेपाली वायुसेवाहरूलाई अन्य अन्तर्राष्ट्रिय वायुसेवाहरूसँग समूहको सदस्यता एलायन्स तथा कोड सेयरिङ गर्न स्वीकृति दिने सरल प्रकृयाको विकास गरिनेछ ।
४.२ हवाई क्षेत्रको उपयोग
४.२.१ सुरक्षित, सक्षम एवं मितव्ययी उडान संचालनका लागि आधुनिक प्रविधिहरूको अवलम्बन गर्दै भू–उपग्रहमा आधारित अन्तर्राष्ट्रिय सीधा हवाई मार्गहरूको विकास तथा विस्तार गर्दै लगिनेछ ।
४.२.२ अन्तर्राष्ट्रिय उडानहरूले नेपालको वायुक्षेत्रको उच्चतम उपयोग गर्न र अन्तर्राष्ट्रिय पारवहन मार्ग को सञ्जालभित्र नेपाललाई समावेश गर्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन एवं सम्बद्ध मुलुकहरूसँग आवश्यक पहल र समन्वय गरिनेछ ।
४.३४.३ उडान सुरक्षा ९ँष्निजत क्बाभतथ०
४.३.१ उडान सुरक्षा अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनद्वारा निर्धारित मापदण्ड तथा सिफारिशहरू लागू गर्न उच्च प्राथमिकता दिइनेछ ।
४.३.२ पुराना वायुयानको आयातलाई निरुत्साहित गर्न आवश्यक मापदण्डहरू निर्धारण गरिनेछ ।
४.३.३ हवाई यातायात सम्बन्धी अध्ययन(अनुसन्धान, वायुयान दुर्घटना जांच, उडान सुरक्षा निगरानी समेतका कार्यहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कायम गर्न संस्थागत तथा कानुनी संरचनागत संयन्त्रको विकास गरी निगरानी क्षमता अभिबृद्धि
गरिनेछ ।
४.३.४ भू–उपग्रहमा आधारित सञ्चार, पथ प्रदर्शन एवं निगरानी सेवायुक्त हवाई उडान व्यवस्थापन वा अन्य उपयुक्त प्रणाली अवलम्बन गरिनेछ ।
४.३.५ नेपालको वायुक्षेत्रमा यान्त्रिक उडान प्रणालीबाट एयर ट्राफिक कन्ट्रोल सेवा पु¥याउन हवाई मार्गहरूको पुनर्संरचना एवं विकास गरिनेछ ।
४.४. हवाई सुरक्षा ९ब्खष्बतष्यल क्भअगचष्तथ०
४.४.१ नागरिक उड्डयनलाई अनाधिकृत हस्तक्षेपबाट सुरक्षित राख्न हवाई सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू, प्रोटोकल तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनव्दारा निर्धारित मापदण्ड अनुरूप अझ सुदृढ तथा प्रभावकारी बनाइनेछ ।
४.४.२ विद्यमान हवाई सुरक्षा व्यवस्था सुदृढीकरणका लागि आवश्यक कानुनी र संस्थागत सुधारको व्यवस्था मिलाइनेछ ।
४.५. आन्तरिक हवाई सेवा
४.५.१ आन्तरिक उडानको आवश्यकता, विमानस्थल र विमानस्थलमा जडित उपकरण एवं अन्य सुविधाहरू, वायुसेवा संचालन संस्थाको व्यवस्थापन, आर्थिक, प्राविधिक लगायतका पक्षको विश्वासनीयताको मूल्याङ्कनको आधारमा आन्तरिक वायुसेवा संचालन गर्न इजाजत
तथा वायुयान संचालन प्रमाणपत्र ९ब्ष्च इउभचबतभच ऋभचतषष्अबतभ० दिन सुव्यवस्थित र पारदर्शी कार्यविधिको व्यवस्था गरिनेछ ।
४.५.२ नयाँ आन्तरिक वायुसेवा संचालन संस्थालाई इजाजत तथा वायुयान संचालन प्रमाणपत्र दिंदा र मौजुदा वायुसेवा संचालन संस्थाहरूलाई वायुयान थप ९ाभिभत भहउबलकष्यल० गर्न इजाजत दिंदा काठमाडौं बाहिरका हब विमानस्थलहरूमा संचालन आधार राखी दुर्गम क्षेत्रमा समेत सेवा पुर्याउनु पर्ने गरी इजाजत दिइनेछ ।
४.६. अन्तर्राष्ट्रिय हवाई सेवा
४.६.१.अन्तर्राष्ट्रिय हवाई सेवा संचालनका लागि इजाजत तथा वायुयान संचालन प्रमाणपत्र प्रदान गर्दा संस्थाको व्यवस्थापकीय, आर्थिक तथा प्राविधिक पक्षको विश्वासनीयता र मूल्याङ्कनको आधारमा स्वस्थ र प्रतिस्पर्धात्मक रूपमा भाग लिन सक्ने गरी पारदर्शी
व्यवस्थाको विकास गरिनेछ । त्यस्ता संस्थाहरूको सेवा संचालनमा राष्ट्रले व्यहोर्नु पर्नेध उत्तरदायित्व, हवाई सेवा सम्झौता एवं समझदारीपत्र अनुसार मार्गसारिणी, उडान संख्या, सिट क्षमता तथा ट्राफिक अधिकारको प्रावधानलाई समेत दृष्टिगत गरी सो अधिकारको
पारदर्शी रूपमा वितरण गरिनेछ । तर पाँच बर्षसम्म सफलतापूर्वक आन्तरिक हवाई सेवा प्रदान गरी सेवा चालू राखेका आन्तरिक वायुसेवा संचालन संस्थाको प्राविधिक, आर्थिक र व्यवस्थापकीय क्षमताको मूल्यांङ्कन गर्दा सक्षम देखिएका आन्तरिक वायुसेवा संचालन संस्थालाई अन्तर्राष्ट्रिय हवाई सेवा संचालनको लागि इजाजत तथा वायुयान संचालन प्रमाणपत्र ९ब्इऋ० दिन सकिनेछ ।
४.६.२. विदेशी वायुसेवा संस्थाहरूलाई हवाई सेवा सम्झौताका प्रावधान भित्र रहेर उडान अनुमति दिने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
४.७ साधारण हवाई यातायात ९न्भलभचब िब्खष्बतष्यल०
४.७.१. एभिएशन स्पोर्टस ९ब्खष्बतष्यल क्उयचतक० तथा साहसिक एवं अनुसन्धानात्मक उड्डयन क्रियाकलापहरू जस्तै माइक्रो लाईट
न्ष्मिष्लन०, पारा जम्पिङ्ग , ग्लाइडिङ्ग हेलिस्किङग र हट एयर बेलुनिङ्ग लाई इजाजत तथा वायुयान संचालन प्रमाणपत्र दिने प्रक्रियालाई सरलिकरण गरिनेछ ।
४.७.२. स्वदेशी, विदेशी वा संयुक्त लगानीकर्ताहरूलाई हवाई उडान प्रशिक्षण संस्था खोल्न प्रोत्साहित गरिने र त्यस्ता संस्थालाई निश्चित विमानस्थल प्रयोग गर्न दिने सरल एवं पारदर्शी व्यवस्था मिलाइनेछ ।
४.७.३. वायुयानहरूको मर्मत तथा सम्भार गर्ने संस्थाको व्यवस्थापकीय, प्राविधिक तथा आर्थिक क्षमताको मूल्याङ्कन गरी मर्मत सम्भार व्यवसाय संचालन गर्न स्वदेशी तथा विदेशी निजी क्षेत्रलाई समेत प्रोत्साहित गरिनेछ ।
४.७.४ कुनै संस्था वा व्यक्तिले निजी विमान दर्ता गरी राख्न चाहेमा व्यापारिक उडान गर्न नपाउने गरी आवश्यक शर्तहरू समेत तोकी अनुमति दिन सकिनेछ ।
४.८ नेपाल वायुसेवा निगम
४.८.१ नेपाल वायुसेवा निगमलाई सक्षम, भरपर्दो, विश्वसनीय र व्यापारिक सेवा प्रदायक संस्थाको रूपमा रूपान्तरण गरी क्षमता अभिबृद्धि गर्न यसको संस्थागत र कानुनी सुधार गरिनेछ ।
४.८.२ निगमको पहुंच बढाउन निजी क्षेत्रको लगानीलाई समेत प्रोत्साहित गर्दै वायुयान संख्यामा बृद्धि गरी सेवा विस्तार गरिनेछ ।
४.९४.९ हवाई सेवा संचालन गर्ने संस्थाको नियमन तथा नियन्त्रण
४.९.१. वायुयान उत्पादन गर्ने संस्थाले तोकेको इन्जिन परफरमेन्स रिलायविलिटी अन्तर्राष्ट्रिय प्रचलन, वैकल्पिक वायुयानको उपलब्धताको आधार र नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेका शर्त पूरा गरेर मात्र एक इन्जिन स्थिर पखेटा ९ँष्हभम ध्ष्लन० भएका वायुयानलाई निजी, चार्टर, तथा तालिम प्रयोजनको लागि अनुमति दिन सकिनेछ ।
४.९.२ नेपालमा दर्ता भएको वायुसेवा संचालन संस्थाको मुख्य व्यावसायिक कारोबार स्थल नेपालमा रहने र वायुयान सञ्चालन नियन्त्रण नेपाल वा नेपालीमा रहने व्यवस्था गरिनेछ ।
४.९.३ वायुसेवा संचालन संस्था, वायुयान मर्मत संस्था र प्रशिक्षण संस्थालाई इजाजत दिँदा विशेषतः हवाई उडान सुरक्षा लाई दृष्टिगत गरी निश्चित मापदण्डको आधारमा अनुमति तथा वायुयान संचालन प्रमाणपत्र दिने र सोको अनुगमन गर्ने व्यवस्थालाई प्रभावकारी वनाइनेछ ।
४.९.४ उडान सुरक्षा निगरानीको प्रत्याभूति हुने व्यवस्था गरी नेपालसँग दौत्य संवन्ध भएका मुलुकहरूमा नेपाली वायुसेवाहरूलाई नन् सेड्यूवल÷चार्टर (यात्रु÷कार्गो) उडान संचालन गर्न प्रोत्साहित गरिनेछ ।
४.९.५ वायुसेवा संचालन संस्थाहरूको दायित्व तथा बीमा गर्ने व्यवस्था पारदर्शी वनाई उपभोक्ताको हकहित संरक्षण हुने व्यवस्था मिलाईनेछ ।
४.९.६ वायुयान भाडा ९भिबकभ० मा ल्याई संचालन गर्ने प्रकृयालाई पारदर्शी तथा प्रभावकारी वनाउन कानुनी सुधार गरिनेछ ।
४.९.७ वायुसेवा संचालन संस्था, मर्मत संभारसंस्था तथा हवाई उडान प्रशिक्षण संस्थाहरूलाई एकद्वार प्रणाली अवलम्बन गरी ने पाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक इजाजत तथा वायुयान संचालन प्रमाणपत्र दिने व्यवस्था
गरिनेछ ।
४.९.८. शिकागो महासन्धिको व्यवस्था अनुसार उडान सुरक्षा निगरानीको व्यवस्था भएको पाईएमा विदेशमा दर्ता भएका वायुयानहरू नेपाली वायुसेवा संचालन संस्थाले संचालन गर्न सक्ने गरी स्वीकृति प्रदान गर्न सकिनेछ ।
४.९.९. अस्वस्थ प्रतिस्पर्धा एवं निर्धारित उडान सुरक्षा स्तर पूरा नगर्ने संस्थाहरूको इजाजत र वायुयान संचालन प्रमाणपत्र निलम्बन वा खारेज गरिनेछ ।
४.१०. प्रविधि विकास तथा हस्तान्तरण हवाई उड्डयन विकासका निमित्त अनुसन्धान तथा प्रविधि हस्तान्तरण जस्ता क्रियाकलापमा निजी लगानीकर्तालाई प्रोत्साहित गरिनेछ ।
४.११. विमानस्थल वर्गीकरण तथा संचालन
४.११.१. विमानस्थलहरूलाई निम्न अनुसार वर्गीकरण तथा संचालन गरिनेछ ः
क) अन्तर्राष्ट्रिय विमानस्थल
ख) क्षेत्रीय हव ९ज्गद० विमानस्थल
ग) सडक यातायातको पहुँच पुगेको क्षेत्रका विमानस्थल
घ) दुर्गम क्षेत्रका विमानस्थल
४.११.२. मुलुकको दुरगामी हवाई यातायात विकासलाई दृष्टिगत गरी नेपाललाई एशिया तथा प्रशान्त क्षेत्रकै ट्रान्जिट हवको रूपमा विकास गर्ने अभिप्रायले नेपाल सरकार र निजी क्षेत्रको सहभागितामा आधुनिक सुविधायुक्त नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा
विकास गरिनेछ ।
४.११.३.भौगोलिक अवस्थिति, जनसंख्याको वितरण, क्षेत्रीय सन्तुलन, पर्यटन प्रबद्र्धन, अन्य विमानस्थलसँगको निकटता, लागत प्रतिफलका सम्भावनालाई दृष्टिगत गरी विमानस्थलहरूलाई क्रमश स्तरोन्नति गरिनेछ ।
४.११.४. विराटनगर, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलहरूलाई क्षेत्रीय हव विमानस्थलहरूको रूपमा विकास गरी निकटवर्ती मुलुकहरूमा हवाई सेवा विस्तार गर्न आवश्यक पूर्वाधार तयार गरिनेछ । ती विमानस्थललाई आधार मानी दुर्गम क्षेत्रमा हवाई सेवा संचालन गरिनेछ ।
४.११.५.विमानस्थलमा उपयुक्त उड्डयन सहाय उपकरणहरूको व्यवस्था गरी विमानस्थलको उपयोग समयमा बृद्धि र हवाई ट्राफिक वितरणबीचमा सन्तुलन ल्याउन सहायक हुने गरी स्लट प्रणाली अवलम्बन गरिनेछ ।
४.११.६. विमानस्थलको विकासका लागि योजना तयार गरी स्तर बृद्धि तथा आधुनिकीकरणको कार्य क्रमशः कार्यान्वयन गरिनेछ ।
४.१२. विमानस्थल सेवा सुविधाहरू
४.१२.१. भूमिस्थ प्रबन्ध सेवा विमानस्थलहरूमा भूमिस्थ प्रवन्ध सेवा लाई बढी गुणात्मक तथा प्रतिस्पर्धी गर्दै लगिनेछ ।
४.१२.२. ह्याङ्गर तथा वायुयान मर्मत सम्भार सुविधा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य विमानस्थलहरूमा उपयुक्त ह्याङ्गर सुविधाको विकास तथा वायुयान मर्मत सम्भार कार्यशाला स्थापना एवं संचालन गर्न चाहने निजी क्षेत्रका लगानीकर्तालाई समेत प्रोत्साहित गरिनेछ ।
४.१२.३. एयर कार्गो सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य विमानस्थलहरूमा उपयुक्त एयर कार्गो कम्प्लेक्सको विकास तथा संचालनमा निजी क्षेत्रका लगानीकर्तालाई समेत प्रोत्साहित गरिनेछ ।
४.१२.४. हवाई इन्धन आपूर्ति
उच्च गुणस्तरको हवाई इन्धन आपूर्तिको भरपर्दो व्यवस्था मिलाइनेछ ।
४.१२.५.अन्य सुविधा
विमानस्थल होटल (एअरपोर्ट होटल), कर मुक्त पसल, कन्फेक्सनरी सप, उडान भान्छाघर, गल्फ क्लव, व्यापारिक तथा मनोरञ्जनात्मक केन्द्र आदिको विकास तथा विस्तार गरी यात्रु सुविधाका स्तर बृद्धि गरी नन्–एरोनटिकल आय श्रोतका सम्भावनाहरू पहिचान र विस्तार गर्न निजी लगानीकर्तालाई समेत प्रोत्साहन गरिनेछ ।
४.१३. जनशक्ति विकास
४.१३.१. नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानलाई विश्व विद्यालय तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९क्ष्ऋब्इ० को ट्रेन एयर कार्यक्रमसँग सम्बन्धन गरी निजी क्षेत्रबाट संचालित तालिम तथा शैक्षिक क्रियाकलापको गुणस्तर नियन्त्रण तथा निगरानी गर्ने व्यावसायिक संस्थाको रूपमा विकास गर्न संस्थागत तथा कानुनी सुधार गरिनेछ ।
४.१३.२.हवाई सेवामा आवश्यक पर्ने जनशक्ति परिपूर्ति गर्न सक्ने गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई तालिम संचालन गर्न प्रोत्साहित गरिनेछ ।
४.१४. निजी क्षेत्रको सहभागिता
४.१४.१.हवाई यातायात संरचनाहरू जस्तै विमानस्थल, विमानस्थल क्षेत्र भित्र पर्ने सडक, रेलमार्ग, टर्मिनल भवन, सञ्चार, पथप्रदर्शन जस्ता पूर्वाधारहरूको विकास अन्य उद्योग तथा संस्था संचालन गर्दा निर्माण–संचालन–हस्तान्तरण संचालन–हस्तान्तरण ९इत्०स निर्माण–स्वामित्व–संचालन–हस्तान्तरण ९द्यइइत्० वा अन्य उपयुक्त प्रक्रियाद्वारा स्वदेशी÷विदेशी निजी क्षेत्रको लगानीलाई खुल्ला गरिनेछ ।
४.१४.२.वायुयान संचालन, प्रशिक्षण, मर्मत संभार तथा यात्रु सेवा सुविधा प्रदायक उद्योगहरूमा निम्न अनुसार विदेशी लगानी गर्न स्वीकृति दिन सकिनेछ –
– अन्तर्राष्ट्रिय वायुसेवा – ८० प्रतिशतसम्म
– आन्तरिक वायुसेवा – ४९ प्रतिशतसम्म
– प्रशिक्षण संस्था – ९५ प्रतिशतसम्म
– मर्मत संभार संस्था – ९५ प्रतिशतसम्म
४.१४.३ विदेशी लगानीकर्ताको नेपालमा हवाई यातायात क्षेत्रमा ५० लाख यु.एस.डलर वा सो भन्दा बढी लगानी गरेमा त्यस्ता हवाई यातायातसँग सम्बन्धित उद्योग, व्यवसाय, सेवा तथा परियोजना प्रयोजनका लागि संलग्न हुने विदेशी जनशक्ति र निजको आश्रित परिवारको निमित्त नेपालमा विदेशी लगानी रहेसम्म आवासीय भिषा दिने व्यवस्था गरिनेछ ।
४.१५. हवाई भाडा
४.१५.१.नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसको आधारमा अधिकतम र न्यूनतम सीमा तोकी प्रत्येक उडान खण्डको हवाई भाडा सरकारले निर्धारण गर्नेछ ।
४.१५.२.सरकारले तोकेको हवाई भाडा दरमा सेवा संचालन नगरी बढी भाडा लिने तथा अस्वस्थ प्रतिस्पर्धा गर्ने वायुसेवाहरूलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले हस्तक्षेप गरी कानुनी कारवाही गर्न सक्नेछ ।
४.१६. अन्तर्राष्ट्रिय चार्टर उडान अन्तर्राष्ट्रिय चार्टर (यात्रु÷कार्गो) उडानलाई प्रोत्साहन गर्ने गरी अनुमति प्रक्रियामा
सरलीकरण गरिनेछ ।
४.१७. नेपाल नागरिक उड्डयन प्राधिकरण
४.१७.१. नेपाल नागरिक प्राधिकरणलाई नागरिक उड्डयन क्षेत्रको नियमन, नियन्त्रण, एवं विस्तारका कार्यहरू प्रभावकारी रूपले संचालन गर्न एउटा सक्षम नागरिक उड्डयन नियमनकारी निकाय (एरोनटिकल रेगुलेटरी बडी) एवं व्यवसायिक संस्थाको रूपमा सुदृढ
गर्दै लगिनेछ ।
४.१७.२ जग्गा जमिनको स्वामित्व सुरक्षित रहने गरी प्राधिकरणले यस नीतिमा उल्लेख भएका कार्यहरू संचालन तथा प्राधिकरणको आर्थिक विकास तथा विविधीकरणका लागि मन्त्रालयको स्विकृती लिई जग्गा जमिनलाई व्यवसायिक प्रयोजनमा ल्याई आय आर्जन गर्न सक्नेछ ।