३. उद्देश्य
प्रकरण २ मा उल्लिखित लक्ष्य हासिल गर्न देहायका नीतिगत उदेश्यहरू रहेका छन् ः
३.१. मुलुकको उड्डयन उद्योग लाई विश्व उड्डयन उद्योगको समकक्षमा स्थापित हुने गरी विकास गर्ने ।
३.२. हवाई उडान सुरक्षा ९ँष्निजत क्बाभतथ० तथा हवाई सुरक्षा को उच्चतम स्तर कायम गर्ने ।
३.३. वायुसेवा संचालन, विमानस्थल निर्माण, संचालन र व्यवस्थापन तथा हवाई यातायातसँग सम्वन्धित सेवा र सुविधाहरूको विकास, विस्तार तथा संचालनमा स्वदेशी तथा विदेशी निजी लगानी कर्तालाई आकर्षित र प्रोत्साहित गरी स्वस्थ एवं प्रतिस्पर्धात्मक हवाई
सेवाको विकास गर्ने ।
३.४ मुलुकको हवाई सेवाका आवश्यकता परिपूर्ति गर्न अत्याधुनिक सुविधायुक्त अन्तर्राष्ट्रिय विमानस्थल सहित अन्य उपयुक्त किसिमका विमानस्थलहरूको निर्माण तथा विकास गर्ने ।
३.५ नागरिक उड्डयन क्षेत्रमा दक्ष तथा व्यवसायिक जनशक्तिको आवश्यकता परिपूर्ति गर्न नागरिक उड्डयनसँग सम्वन्धित प्रशिक्षण संस्थाको संस्थागत विकास तथा सुदृढीकरण गर्ने ।
३.६. नागरिक उड्डयनलाई मुलुकको भरपर्दो सेवा उद्योग तथा हवाई मनोरञ्जन र साहसिक यात्राको उपयुक्त माध्यमको रूपमा विकास गर्ने ।