दफा ३
नेपाल कानून आयोगको स्थापना
(१) कानूनको तर्जुमा, संहिताकरण तथा प्रचलित कानूनको संशोधन, एकीकरण र पुनरावलोकन गर्न तथा कानून र न्याय सम्बन्धी विषयमा अध्ययन र अनुसन्धान गर्ने काम समेतको लागि नेपाल कानून आयोगको स्थापना गरिएको छ ।
(२) आयोगको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।