नियम ३
नेपाल रत्न मानपदवी
(१) नेपालको प्रतिष्ठा अभिवृद्धि गर्ने गरी राष्ट्रिय जीवनको कुनै पनि क्षेत्रमा उदाहरणीय योगदान पुर्याउने नेपाली नागरिकलाई नेपाल रत्न मानपदवी प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको मानपदवीको श्रेणी विभाजन हुने छैन र त्यस्तो मानपदवीको प्रतीक समूह र मालाको नाप परिशिष्ट एक अनुसूची–१ मा उल्लेख भए बमोजिम हुनेछ ।