अनुसूची १२क
नेपाल सरकारबाट मनोनयन भई अध्ययन/तालीम/भ्रमणमा जाने निजामती कर्मचारीले गरेको कबुलियतनामाको ढाँचा

अनुसूची–१२क
(नियम ६३क.सँग सम्बन्धित)

नेपाल सरकारबाट मनोनयन भई अध्ययन/तालीम/भ्रमणमा जाने निजामती कर्मचारीले गरेको कबुलियतनामाको ढाँचा

(तलवी अध्ययन विदा/काज स्वीकृतिको लागि दिइने निवेदन साथमा नै अनिवार्यरुपमा यो कबुलियतनामा पेश गर्नु पर्नेछ ।)

….. …… …. …. …. ….. .मन्त्रालय /आयोग /सचिवालय /विभाग /कार्यालयको …………………पदमा कार्यरत म ………………………ले नेपाल सरकार (…………स्तर) को मिति ………………….को निणर्यानुसार……………………..मुलुकमा मिति…………………….देखि ………………… सम्म सञ्चालन हुने……………………………………………….विषयको अध्ययन/ तालीम/भ्रमणमा मनोनयन भए अनुरुप निकट भविष्यमा उक्त कार्यक्रममा सहभागी हुन जान लागेकोले मैले निजामती सेवा ऐन, २०४९ (संशोधन सहित)को दफा ४०घ. बमोजिम देहाय बमोजिमको कबुलियतनामा पेश गरेको छु ।

(क) उल्लिखित अध्ययन/तालीम/भ्रमणमा सहभागी हुनको लागि निर्दिष्ट मितिभित्र अध्ययन/तालीम/भ्रमण कार्यक्रम सञ्चालन गर्ने संस्थामा हाजिर हुन जानेछु ।

(ख) सवै प्रकारका अध्ययन/तालीम/भ्रमण अवधिभर छात्रवृत्ति प्रदान गर्ने एवं कार्यक्रम सञ्चालन गर्ने निकायबाट निर्धारित नीति/नियम/आचार संहिताको पूर्णरुपमा पालना गर्नेछु ।

(ग) सवै प्रकारका अध्ययन/तालीम/भ्रमणको लागि पूर्व स्वीकृत अवधि भुक्तानी हुनासाथ स्वदेश फर्की आफ्नो पदाधिकार रहेको निकायमा हाजिर हुनेछु, तथा निजामती सेवा ऐन, २०४९ (संशोधन सहित) को दफा ४०ग. बमोजिमको अवधिसम्म अनिवार्यरुपले सेवा गर्नेछु ।

(घ) उल्लिखित अध्ययन/तालीम/भ्रमण पूरा गर्नासाथ नियमानुसारका म्यादभित्र मेरो पदाधिकार रहेको कार्यालयमा हाजिर हुन नआएमा वा निजामती सेवा ऐन, २०४९ (संशोधन सहित) को दफा ४०ग. बमोजिम गर्नु पर्ने सेवा अवधि पूरा नगरेमा निजामती सेवा ऐन, २०४९ को दफा ४०घ.(२) अनुसार अध्ययन/तालीम/भ्रमण अवधिमा मैले पाएको तलव, भत्ता एवं अन्य आर्थिक सुविधाहरुको साथै उक्त कार्यक्रममा भाग लिन आउँदा जाँदाको लागि प्राप्त गरेको हवाइभाडा, दातृ–निकायबाट प्राप्त छात्रवृत्ति तथा अन्य आर्थिक सुविधा बराबरको सम्पूर्ण रकम मैले नेपाल सरकारबाट भुक्तानी पाउनु पर्ने तलव भत्ता, पेन्सन वा उपदान, मेरो नाउँमा रहेको कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोष, मैले सञ्चित गरेको घर विदा र विरामी विदा वापत पाउनु पर्ने रकम, औषधि उपचार वापत मैले भुक्तानी पाउनु पर्ने रकम,
नेपाल सरकार र मेरो संयुक्त लगानीबाट गरिएको बीमा रकम र नेपालभित्र मेरो नाममा रहेको चल–अचल सम्पत्तिबाट समेत नेपाल सरकारले मबाट सरकारी बाँकी सरह असूल गरेमा मेरो पूर्ण मन्जूरी छ ।

कबुलियतनामा गराउने अधिकारीको,–                     कबुलियतनामा गर्ने निजामती कर्मचारीको,–

दस्तखत……………………….                                   दस्तखत……………………….

नाम, थर ः                                                              नाम, थर ः
पद ः पद ः
कार्यालय ः                                                            कार्यालय ः
मिति…………………………..                               मिति…………………………..