नियम १४
नेपाल सेवा प्रवीण

(१) शिक्षा, साहित्य, कला, विज्ञान, संस्कृति, सार्वजनिक प्रशासन लगायत सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरी मुलुकको सम्मान अभिवृद्धि गर्नमा योगदान पु¥याउने नेपाली नागरिकलाई नेपाल सेवा प्रवीणको अलङ्कार प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको अलङ्कारको बनौट तथा आकारप्रकार परिशिष्ट दुई अनुसूची–४ मा उल्लेख भए बमोजिम हुनेछ ।