नियम १५
न्यूनतम योग्यता
(१) ऐनको दफा ७ को उपदफा (२) तथा नियम ८ बमोजिम सेवाको
अनुसूची–३ मा उल्लिखित समूह तथा उपसमूहको खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिने
पदको लागि आवश्यक न्यूनतम योग्यता अनुसूची–६ मा तथा बढुवाद्वारा पूर्ति गरिने
पदको लागि आवश्यक न्यूनतम योग्यता अनुसूची–७ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) ……………….
(३) ऐनको दफा ८ को उपदफा (१) को खण्ड (च) र (छ) बमोजिम खुल्ला
प्रतियोगिताद्वारा पूर्ति गरिने अधिकृत नवौं र एघारौं तहका पदको लागि अनुसूची–६ मा
उल्लिखित न्यूनतम योग्यता प्राप्त गरेको र सम्बन्धित क्षेत्रको अधिकृतस्तरमा कम्तीमा
देहाय बमोजिम अनुभव प्राप्त गरेको हुनु पर्नेछ ः-
(क) अधिकृत नवौं तहको लागि पाँच वर्ष
(ख) अधिकृत एघारौं तहको लागि सात वर्ष ।
तर स्नातकोत्तर पछि बिद्यावारिधि वा सो सरहको उपाधि प्राप्त व्यक्तिको हकमा
अनुभव अवधि दुई वर्षले कम हुनेछ ।
(४) ऐनको दफा ८ को उपदफा (४) बमोजिम खुल्ला प्रतियोगितात्मक
परीक्षाद्वारा पूर्ति गरिने अधिकृत सातौं तहको मेडिकल अधिकृत, डेण्टल अधिकृत, अधिकृत
कविराज, एकीकृत चिकित्सा अधिकृत र सो सरहका अन्य चिकित्सक अधिकृत पदमा
सम्बन्धित विषयमा स्नातकोपाधि प्राप्त गरेको र सम्बन्धित काउन्सिलमा नाम दर्ता
भएको व्यक्ति मात्र उम्मेदवार हुन सक्नेछ ।