नियम २८
बढुवा
(१) विशेषज्ञ पदमा रहेको कर्मचारीको बढुवाको लागि सिफारिस गर्दा बढुवा
समितिले कार्य क्षमताको आधारमा गर्नेछ ।
(२) बढुवा समितिले कार्य क्षमताको मूल्याङ्कन गर्दा यस सम्बन्धमा निर्धारित
मापदण्डको आधारमा गर्नेछ र यसको लागि आवश्यक ठानेमा विशेषज्ञ समिति गठन गर्न
सक्नेछ ।
(३) विशेषज्ञ पदमा रहेको कर्मचारीलाई माथिल्लो तह (बाह्रौ तह) सम्ममा बढुवा
गर्दा कर्मचारी बहाल रहेको पदलाई नै उपयुक्त दर्जा राखी माथिल्लो तहमा परिणत
गरिनेछ । यसरी परिणत गरिएको पद रिक्त भएपछि स्वतः शुरु नियुक्ति हुने पदमा कायम
हुनेछ ।
(४) विशेषज्ञ पदमा रहेको कर्मचारी कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने अन्य कुनै
पनि बढुवाको लागि उम्मेदवार हुन सक्ने छैन ।
(५) एक तहबाट अर्को तहमा बढुवा हुन बहाल रहेको तहको पदमा चार वर्ष
सेवा अवधि पुगेको हुनु पर्नेछ ।
(६) विशेषज्ञ पदका सम्बन्धमा यस परिच्छेदमा लेखिए देखि बाहेक अन्य
विषयहरू मन्त्रालयले सामान्य प्रशासन मन्त्रालय मार्फत लोक सेवा आयोगसँग परामर्श
लिई तोके बमोजिम हुनेछ ।
(७) उपनियम (६) बमोजिम तोकिएका कुराहरू नेपाल सरकारले नेपाल
राजपत्रमा सूचना प्रकाशन गर्नेछ ।