नियम
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ सम्झनु पर्छ ।
(ख) “सेवा” भन्नाले नेपाल स्वास्थ्य सेवा सम्झनु पर्छ ।
(ग) “समूह” भन्नाले नियम ८ बमोजिमको समूह सम्झनु पर्छ ।
(घ) “उपसमूह” भन्नाले समूह अन्तर्गत कायम गरिएको उपसमूह सम्झनु
पर्छ ।
(ङ) “विभागीय प्रमुख” भन्नाले अनुसूची–१ मा तोकिएको अधिकारी सम्झनु
पर्छ ।
(च) “कार्यालय प्रमुख” भन्नाले अनुसूची–२ मा तोकिएको कार्यालय प्रमुख
सम्झनु पर्छ ।
(छ) “ईकाइ कार्यालय प्रमुख” भन्नाले कार्यालय प्रमुख मातहतका छुट्टै
अस्तित्व भएको ईकाइ कार्यालयका प्रमुख सम्झनु पर्छ ।
(ज) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्झनु पर्छ ।