दफा २८
पकाएको तलब भत्ता पाउने
(१) निजामती कर्मचारीले प्रत्येक महिना भुक्तान भएपछि तलब र भत्ता पाउने भए भत्तासमेत पाउनेछ ।
(२) कुनै निजामती कर्मचारीले पकाएको तलब र भत्ता पाउने भए भत्तासमेत निज जुनसुकै व्यहोराबाट निजामती सेवामा नरहेमा पनि पाउनेछ ।
(३) यो ऐन वा यस ऐनअन्तर्गत बनेका नियमहरूमा व्यवस्था भएकोमा बाहेक कुनै निजामती कर्मचारीको तलब कट्टा गरिने छैन ।
(४) कुनै निजामती कर्मचारीले पाउने तलब सो कर्मचारी काम गरिरहेको वा बिदामा बसेको बखत रोकिने छैन ।