नियम २९क
पदनाम कायम रहने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो
नियम प्रारम्भ हुँदाका बखत आठौं तहमा कार्यरत बरिष्ठ मेडिकल अधिकृत, वरिष्ठ डेन्टल
सर्जन, बरिष्ठ आयुर्वेदिक चिकित्सक र वरिष्ठ एकीकृत चिकित्सा अधिकृतको माथिल्लो
तहमा बढुवा नहुँदासम्म सोही पदनाम कायम रहनेछ ।