दफा ७ख
पदपूर्तिमा बन्देज
(१) निजामती सेवाको कुनै पनि पदमा यस ऐनमा व्यवस्था भएदेखि बाहेक अन्य कुनै पनि तरिकाबाट पदपूर्ति गरिने छैन ।
(२) मन्त्रालय, सचिवालय, आयोग र विभाग तथा उपत्यकाभित्र रहेका कार्यालयमा कार्यरत निजामती कर्मचारीको हकमा निजामती किताबखाना र जिल्लास्थित कार्यालयका निजामती कर्मचारीको हकमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट तलबी प्रतिवेदन पास नगराई तलब खुवाउन हुदैन ।
(३) उपदफा (१) विपरीत कर्मचारी नियुक्ति गरेमा नियुक्त गर्ने पदाधिकारीबाट र उपदफा (२) बमोजिम तलबी प्रतिवेदन पास नगरी तलब खुवाएको भएमा त्यसरी तलब खुवाउने पदाधिकारीबाट त्यस्तो कर्मचारीले पाएको तलब, भत्ता र अन्य सुविधाबापतको रकम सरकारी बाकीसरह असुलउपर गरिनेछ ।
तर फाजिलमा परेको कर्मचारीलाई तलब खुवाउन यो उपदफाले कुनै बाधा पुयाएको मानिने छैन ।
स्पष्टीकरण :- यस उपदफाको प्रयोजनको लागि “फाजिलमा परेका कर्मचारी” भन्नाले संगठन वादरबन्दी खारेजीमा परी अन्यत्रको संगठन वा दरबन्दीमा मिलान भइनसकेका कर्मचारी सम्झनुपर्छ ।